- कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन पुनर्निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्र प्रदान गरेका थिए ।
काठमाडौँ: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुनर्निर्मित कार्यालय भवनको आइतबार उद्घाटन गरेका छन् । उद्घाटनपछि उनले भवनको अवलोकनसमेत गरेका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन पुनर्निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्र प्रदान गरेका थिए ।
कार्कीले पूर्ण रूपमा क्षति भएका प्रहरी भवन पुनर्निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यस सहयोगले प्रहरी र समुदायबीचको सम्बन्ध अझ आत्मीय बनाउन तथा नेपाल प्रहरीलाई नागरिकमैत्री, उत्तरदायी र सेवाभावका साथ काम गर्न प्रेरणा दिएको बताएका थिए ।
उनले प्रहरी संरचनाको पुनर्निर्माणसँगै समुदाय र प्रहरीबीचको सम्बन्धको पनि पुनर्निर्माण भएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य जारी रहने अपेक्षा व्यक्त गरेका थिए । साथै, पुनर्निर्मित भवनमा कार्यरत प्रहरी कर्मचारीलाई जिम्मेवार, अनुशासित, पारदर्शी, संवेदनशील र नागरिकप्रति समर्पित भएर काम गर्न निर्देशन दिएका थिए ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले शुभकामना मन्तव्य दिएका थिए। भवन पुनर्निर्माण कार्य समितिका अध्यक्ष एवं काठमाडौं महानगरपालिका–८ का अध्यक्ष आशामान संगतले धन्यवाद ज्ञापन गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले स्वागत मन्तव्य दिएका थिए भने भवन पुनर्निर्माण समितिका कोषाध्यक्ष वि.एन. पाठकले भवन निर्माणसम्बन्धी प्रतिवेदन र इन्जिनियर डा. शंकर ढकालले प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले, वरिष्ठ प्रहरी अधिकृत, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अब मोबाइलमै कर्मकाण्ड : एआई प्रविधिबाट वैदिक विधि र पञ्चाङ्ग सेवा
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।