- बीपी स्मृति दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले भदौ २३ गते युवामाथि भएको राज्य दमन, आन्दोलनमा भएको घुसपैठ तथा भदौ २४ गते भएको हिंसा र ध्वंसबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बीपी स्मृति दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले भदौ २३ गते युवामाथि भएको राज्य दमन, आन्दोलनमा भएको घुसपैठ तथा भदौ २४ गते भएको हिंसा र ध्वंसबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए।
उनले भदौ २३ गतेको घटनाको अध्ययन प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न र दमन गर्ने तथा हिंसा भड्काउने दुवै पक्षको पहिचान गरी कानुनी कारबाही गर्न माग गरे।
भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको आगजनी र ध्वंसबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ। सरकारले निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै थापाले ‘अनुसन्धान कहाँ पुग्यो?’ भन्दै प्रश्न गरे।
अपराध गर्नेलाई सजाय नदिए दण्डहीनताले प्रश्रय पाउने चेतावनी दिँदै उनले भदौ २३ र २४ दुवै दिन अपराध गर्नेहरूलाई कारबाही भएपछि मात्र राज्य जवाफदेही बन्ने बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
-
भदौ २४ को विध्वंसले देश २५ वर्षपछि धकेलियो : केपी ओली
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।