‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा

२४ भाद्र, २०८३, बुधवार
सारांश
  • भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे। साथै, कांग्रेसको आधिकारिकता आफूहरूलाई नदिन सभापति गगन थापा समूहबाट दबाब र षड्यन्त्र भइरहेको आरोप लगाए।

काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि आफूहरूको आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन्।

 

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे। साथै, कांग्रेसको आधिकारिकता आफूहरूलाई नदिन सभापति गगन थापा समूहबाट दबाब र षड्यन्त्र भइरहेको आरोप लगाए।

 

देउवाले आफूहरूलाई कुनै पनि हालतमा आधिकारिकता प्राप्त गर्नबाट रोक्ने प्रयास भइरहेको दाबी गर्दै रुख चुनाव चिह्न र चारतारे झन्डा आफूहरूले नै पाउने बताए।

 

उनले गगन थापाले अचानक विशेष महाधिवेशन बोलाएको भन्दै त्यसको वैधानिकतामाथि समेत प्रश्न उठाए। सभापतिसँग कुनै परामर्श र सहमति नगरी खल्तीबाट विशेष महाधिवेशन बोलाउन नमिल्ने देउवाको जिकिर थियो।

 

‘निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो,’ भन्दै देउवाले जतिसुकै षड्यन्त्र भए पनि कांग्रेसको आधिकारिकता आफूहरूले पाउने दाबी गरे।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार