‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
२४ भाद्र, २०८३, बुधवार
- भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे। साथै, कांग्रेसको आधिकारिकता आफूहरूलाई नदिन सभापति गगन थापा समूहबाट दबाब र षड्यन्त्र भइरहेको आरोप लगाए।
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि आफूहरूको आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन्।
भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे। साथै, कांग्रेसको आधिकारिकता आफूहरूलाई नदिन सभापति गगन थापा समूहबाट दबाब र षड्यन्त्र भइरहेको आरोप लगाए।
देउवाले आफूहरूलाई कुनै पनि हालतमा आधिकारिकता प्राप्त गर्नबाट रोक्ने प्रयास भइरहेको दाबी गर्दै रुख चुनाव चिह्न र चारतारे झन्डा आफूहरूले नै पाउने बताए।
उनले गगन थापाले अचानक विशेष महाधिवेशन बोलाएको भन्दै त्यसको वैधानिकतामाथि समेत प्रश्न उठाए। सभापतिसँग कुनै परामर्श र सहमति नगरी खल्तीबाट विशेष महाधिवेशन बोलाउन नमिल्ने देउवाको जिकिर थियो।
‘निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो,’ भन्दै देउवाले जतिसुकै षड्यन्त्र भए पनि कांग्रेसको आधिकारिकता आफूहरूले पाउने दाबी गरे।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।