रसुवा बाढीलाई जलवायु न्यायको मुद्दा बनाउँदै विश्व समुदायसँग सहयोग माग्नुपर्छ : रवि लामिछाने
२४ भाद्र, २०८३, बुधवार
- प्रतिनिधि सभामा बोल्दै उनले नेपाल आन्तरिक रूपमा बलियो भएर विश्व समुदायसमक्ष एउटै स्वरमा जलवायु न्यायको मुद्दा उठाउनुपर्ने बताए।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्सँग जुध्न अन्तर्राष्ट्रिय समुदायमाथि दबाब सिर्जना गर्दै सहयोग लिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभामा बोल्दै उनले नेपाल आन्तरिक रूपमा बलियो भएर विश्व समुदायसमक्ष एउटै स्वरमा जलवायु न्यायको मुद्दा उठाउनुपर्ने बताए।
लामिछानेले बाढीमा ज्यान गुमाउनेहरूलाई प्राकृतिक विपत्तिका मृतक मात्र नभई जलवायु अन्यायका पीडितका रूपमा मान्यता दिनुपर्ने बताए। हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउनुपर्ने र पुनर्निर्माणका लागि ऋण नभई अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त माग गर्नुपर्ने उनको प्रस्ताव छ।
उनले बाढीको कारण र क्षतिबारे सर्वदलीय संसदीय विशेष समिति गठन, मृत्यु, बेपत्ता र विस्थापनको राष्ट्रिय अभिलेख तथा वैज्ञानिक अध्ययनका आधारमा अन्तर्राष्ट्रिय क्षति–हानिको दाबीपत्र तयार गर्नुपर्ने बताए।
साथै, संयुक्त राष्ट्रसंघको महासभालगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालले याचना गर्ने होइन, तथ्य र प्रमाणसहित स्वाभिमानी ‘जलवायु कूटनीति’ अघि बढाउनुपर्नेमा लामिछानेले जोड दिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
-
फिलिपिन्समा प्रशिक्षणका क्रममा दुई विमान ठोक्किँदा चार पाइलटको मृत्यु
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।