रसुवा बाढीलाई जलवायु न्यायको मुद्दा बनाउँदै विश्व समुदायसँग सहयोग माग्नुपर्छ : रवि लामिछाने

२४ भाद्र, २०८३, बुधवार
सारांश
  • प्रतिनिधि सभामा बोल्दै उनले नेपाल आन्तरिक रूपमा बलियो भएर विश्व समुदायसमक्ष एउटै स्वरमा जलवायु न्यायको मुद्दा उठाउनुपर्ने बताए।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्सँग जुध्न अन्तर्राष्ट्रिय समुदायमाथि दबाब सिर्जना गर्दै सहयोग लिनुपर्ने बताएका छन्।

 

प्रतिनिधि सभामा बोल्दै उनले नेपाल आन्तरिक रूपमा बलियो भएर विश्व समुदायसमक्ष एउटै स्वरमा जलवायु न्यायको मुद्दा उठाउनुपर्ने बताए।

 

लामिछानेले बाढीमा ज्यान गुमाउनेहरूलाई प्राकृतिक विपत्तिका मृतक मात्र नभई जलवायु अन्यायका पीडितका रूपमा मान्यता दिनुपर्ने बताए। हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउनुपर्ने र पुनर्निर्माणका लागि ऋण नभई अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त माग गर्नुपर्ने उनको प्रस्ताव छ।

 

उनले बाढीको कारण र क्षतिबारे सर्वदलीय संसदीय विशेष समिति गठन, मृत्यु, बेपत्ता र विस्थापनको राष्ट्रिय अभिलेख तथा वैज्ञानिक अध्ययनका आधारमा अन्तर्राष्ट्रिय क्षति–हानिको दाबीपत्र तयार गर्नुपर्ने बताए।

 

साथै, संयुक्त राष्ट्रसंघको महासभालगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालले याचना गर्ने होइन, तथ्य र प्रमाणसहित स्वाभिमानी ‘जलवायु कूटनीति’ अघि बढाउनुपर्नेमा लामिछानेले जोड दिए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार