भदौ २४ को विध्वंसले देश २५ वर्षपछि धकेलियो : केपी ओली

२४ भाद्र, २०८३, बुधवार
सारांश
  • सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले उक्त घटनापछि अहिले रमाउनेहरू समेत यसको असर भोग्दै गएपछि वास्तविकता थाहा पाउने टिप्पणी गरे।

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते भएको विध्वंसका कारण देश कम्तीमा २५ वर्षभन्दा पछाडि धकेलिएको दाबी गरेका छन्।

 

बालकोटस्थित आगजनी भएको आफ्नै निवासमा पुगेका ओलीले भदौ २४ लाई देशका लागि ‘कालो दिन’ भएको बताए।

 

सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले उक्त घटनापछि अहिले रमाउनेहरू समेत यसको असर भोग्दै गएपछि वास्तविकता थाहा पाउने टिप्पणी गरे।

 

यसैबीच, गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूलाई सुध्रिन चेतावनी दिएको प्रसंगमा ओलीले व्यङ्ग्य गरेका छन्। आफूहरू पहिले हेलिकोप्टर चढेर भागेको र अहिले पनि भाग्न खोजे जाकिदिने भनिएको भन्दै उनले यस्ता अभिव्यक्ति दिने ‘केटाकेटीहरू धेरै आए, धेरै गए’ भन्दै प्रतिक्रिया दिए।

 

ओलीको भनाइले भदौ २४ को घटनाप्रति उनको असन्तुष्टि र नयाँ राजनीतिक नेतृत्वप्रतिको आलोचना थप स्पष्ट पारेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

थप समाचार