- सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले उक्त घटनापछि अहिले रमाउनेहरू समेत यसको असर भोग्दै गएपछि वास्तविकता थाहा पाउने टिप्पणी गरे।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते भएको विध्वंसका कारण देश कम्तीमा २५ वर्षभन्दा पछाडि धकेलिएको दाबी गरेका छन्।
बालकोटस्थित आगजनी भएको आफ्नै निवासमा पुगेका ओलीले भदौ २४ लाई देशका लागि ‘कालो दिन’ भएको बताए।
सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले उक्त घटनापछि अहिले रमाउनेहरू समेत यसको असर भोग्दै गएपछि वास्तविकता थाहा पाउने टिप्पणी गरे।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूलाई सुध्रिन चेतावनी दिएको प्रसंगमा ओलीले व्यङ्ग्य गरेका छन्। आफूहरू पहिले हेलिकोप्टर चढेर भागेको र अहिले पनि भाग्न खोजे जाकिदिने भनिएको भन्दै उनले यस्ता अभिव्यक्ति दिने ‘केटाकेटीहरू धेरै आए, धेरै गए’ भन्दै प्रतिक्रिया दिए।
ओलीको भनाइले भदौ २४ को घटनाप्रति उनको असन्तुष्टि र नयाँ राजनीतिक नेतृत्वप्रतिको आलोचना थप स्पष्ट पारेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
-
भदौ २४ को विध्वंसले देश २५ वर्षपछि धकेलियो : केपी ओली
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।