भदौ २३ र २४ का घटनामा दोषीलाई कारबाही गर्नुपर्छ : गगन थापा
२४ भाद्र, २०८३, बुधवार
- बीपी स्मृति दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले भदौ २३ गते युवामाथि भएको राज्य दमन, आन्दोलनमा भएको घुसपैठ तथा भदौ २४ गते भएको हिंसा र ध्वंसबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बीपी स्मृति दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले भदौ २३ गते युवामाथि भएको राज्य दमन, आन्दोलनमा भएको घुसपैठ तथा भदौ २४ गते भएको हिंसा र ध्वंसबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए।
उनले भदौ २३ गतेको घटनाको अध्ययन प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न र दमन गर्ने तथा हिंसा भड्काउने दुवै पक्षको पहिचान गरी कानुनी कारबाही गर्न माग गरे।
भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको आगजनी र ध्वंसबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ। सरकारले निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै थापाले ‘अनुसन्धान कहाँ पुग्यो?’ भन्दै प्रश्न गरे।
अपराध गर्नेलाई सजाय नदिए दण्डहीनताले प्रश्रय पाउने चेतावनी दिँदै उनले भदौ २३ र २४ दुवै दिन अपराध गर्नेहरूलाई कारबाही भएपछि मात्र राज्य जवाफदेही बन्ने बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
-
फिलिपिन्समा प्रशिक्षणका क्रममा दुई विमान ठोक्किँदा चार पाइलटको मृत्यु
-
फ्रान्समा फेरि प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।