नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर
२४ भाद्र, २०८३, बुधवार
- उक्त प्रमाणपत्रकै आधारमा उनले २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भई हैसियत, लाभ तथा सुविधा लिएको आयोगको दाबी छ ।
काठमाडौँ: राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश तथा बढुवा भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अनुसन्धानका क्रममा केसीले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी तत्कालीन समयमा सहायक निरीक्षक पदमा नियुक्ति लिएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उक्त प्रमाणपत्रकै आधारमा उनले २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भई हैसियत, लाभ तथा सुविधा लिएको आयोगको दाबी छ ।
आयोगले नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति तथा बढुवा लिएको कार्य भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनबमोजिम कसुर भएको ठहर गर्दै केसीलाई कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ ।
आयोगले बुधबार केसीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
-
फिलिपिन्समा प्रशिक्षणका क्रममा दुई विमान ठोक्किँदा चार पाइलटको मृत्यु
-
फ्रान्समा फेरि प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।