श्रीलंकाद्वारा नेपाललाई १० लाख अमेरिकी डलर सहयोग हस्तान्तरण

२४ भाद्र, २०८३, बुधवार
सारांश
  • नेपाललाई १० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने जानकारी दिँदै सहयोग रकम हस्तान्तरण गरेकी थिइन् ।

काठमाडौँ: नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेल्पिटियाले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन् ।

 

भेटका क्रममा राजदूत डेल्पिटियाले विपद्को यस कठिन समयमा श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकी थिइन् ।

 

उनले विनाशकारी बाढीपछि जारी मानवीय तथा राहत कार्यमा सहयोग पुर्‍याउन श्रीलंका सरकारले नेपाललाई १० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने जानकारी दिँदै सहयोग रकम हस्तान्तरण गरेकी थिइन् ।

 

परराष्ट्रमन्त्री खनालले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि श्रीलंका सरकार तथा जनताप्रति गहिरो आभार व्यक्त गरेका थिए। उनले यो सहयोग दुई देशबीचको पुरानो मित्रता र पारस्परिक सहकार्यको प्रतिबिम्ब भएको बताएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार