चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
२३ भाद्र, २०८३, मगलवार
- ढकालका अनुसार नेपाली सेनासँगको सहकार्यमा उद्धार टोली घटनास्थलमै खटिएको छ। सेनालाई विस्फोट गराउन सुरक्षित रहेको जानकारी दिएपछि उद्धारको गति बढेको र पछिल्ला दुई दिन विस्फोट गराइएको उनले बताएका छन् । उनका अनुसार भोलिसम्म सुरुङको मुखसम्म उत्खनन गर्ने यन्त्र पुग्नेछ र त्यसपछि भित्र प्रवेश गरेर उद्धारको काम थप तीव्र हुने अपेक्षा गरिएको छ ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले सुरुङभित्र रहेका ६ जनासम्मलाई छिट्टै जीवित उद्धार गर्न सकिने आशा व्यक्त गरेका छन् ।
ढकालका अनुसार नेपाली सेनासँगको सहकार्यमा उद्धार टोली घटनास्थलमै खटिएको छ। सेनालाई विस्फोट गराउन सुरक्षित रहेको जानकारी दिएपछि उद्धारको गति बढेको र पछिल्ला दुई दिन विस्फोट गराइएको उनले बताएका छन् । उनका अनुसार भोलिसम्म सुरुङको मुखसम्म उत्खनन गर्ने यन्त्र पुग्नेछ र त्यसपछि भित्र प्रवेश गरेर उद्धारको काम थप तीव्र हुने अपेक्षा गरिएको छ ।
बाँकी कामका लागि पुल्चोक क्याम्पसमा आवश्यक मेसिन तयार भइरहेको र त्यो भोलि बिहान घटनास्थलमा आइपुग्ने ढकालले बताएका छन्। सुरुङभित्र खाना र पानी रहेको हुनसक्ने तथा केही व्यक्तिको स्वास्थ्य अवस्था स्थिर रहेको हुनसक्ने अनुमान गर्दै उनले छिट्टै उद्धार गर्न सकिने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।