जेन्जी आन्दोलनलाई अपमान नगर्न गृहमन्त्री गुरुङको चेतावनी

२३ भाद्र, २०८३, मगलवार
सारांश
  • सुशासनको माग राखेर आन्दोलनमा उत्रिएका युवामाथि सरकारले गोली चलाएको उल्लेख गर्दै गुरुङले जेन्जीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

काठमाडौँ: जेन्जी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। 

 

उनले आन्दोलनको इतिहास कसैले परिवर्तन गर्न नसक्ने भन्दै यसलाई अपमान गर्नु ३ करोड नेपाली जनताको अपमान हुने बताए।

 

सुशासनको माग राखेर आन्दोलनमा उत्रिएका युवामाथि सरकारले गोली चलाएको उल्लेख गर्दै गुरुङले जेन्जीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

 

उनले नयाँ नेपाल निर्माणका लागि पुरानो सोच त्याग्नुपर्नेमा समेत जोड दिए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार