जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम

२३ भाद्र, २०८३, मगलवार
सारांश
  • भदौ २३ गते नागरिकमाथि गोली चलेको स्मरण गर्दै मन्त्री गौतमले अब त्यस्तो नियति कसैले भोग्न नपर्ने बताइन्। जेनजी आन्दोलनका मागबारे सरकारका मन्त्री र सांसदहरूबीच दैनिकजसो छलफल र परामर्श भइरहेको उनको भनाइ छ।

काठमाडौँ: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनका शहीद तथा घाइतेका माग सम्बोधन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्। जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गरिन्।

 

भदौ २३ गते नागरिकमाथि गोली चलेको स्मरण गर्दै मन्त्री गौतमले अब त्यस्तो नियति कसैले भोग्न नपर्ने बताइन्। जेनजी आन्दोलनका मागबारे सरकारका मन्त्री र सांसदहरूबीच दैनिकजसो छलफल र परामर्श भइरहेको उनको भनाइ छ।

 

उनले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दै जेनजीभित्रै विभाजन र दोषारोपण बढे आन्दोलनका विरोधीले फाइदा उठाउने चेतावनी दिइन्।

 

सरकार गठन भएको करिब पाँच महिना मात्रै भएकाले कानून निर्माणलगायतका काममा केही संवैधानिक चुनौती रहेको उल्लेख गर्दै गौतमले सबै कुरा व्यवस्थित रूपमा अघि बढिरहेको दाबी गरिन्। उनले जेनजीका सपना र माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै सरकारमाथि विश्वास राख्न आग्रह गरिन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार