बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
२३ भाद्र, २०८३, मगलवार
- टोलीले शिक्षा विकास तथा समन्वय एकाइ, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, न्यूरेनी सुन्दरी माध्यमिक विद्यालय, सामुदायिक बहुउद्देश्यीय भवन, कर्भट हल, चन्द्रज्योती माध्यमिक विद्यालय र अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको निरीक्षण गरेको थियो ।
काठमाडौँ: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढी प्रभावित विद्यालय तथा शैक्षिक पूर्वाधारको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री पोखरेल नेतृत्वको टोलीले मंगलबार नुवाकोटका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाको अनुगमन गर्दै क्षतिको अवस्था र विद्यार्थीको पठनपाठनबारे जानकारी लिएको हो ।
टोलीले शिक्षा विकास तथा समन्वय एकाइ, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, न्यूरेनी सुन्दरी माध्यमिक विद्यालय, सामुदायिक बहुउद्देश्यीय भवन, कर्भट हल, चन्द्रज्योती माध्यमिक विद्यालय र अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा बाढीबाट विद्यालय भवन तथा पूर्वाधारमा भएको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको सिकाइमा परेको प्रभावबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरिएको थियो । प्रभावित विद्यालय र विद्यार्थीको पठनपाठन सहज बनाउन आवश्यक पहल गर्ने मन्त्री पोखरेलले बताएका छन् ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीका कारण १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन रहेको तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको प्रारम्भिक विवरण छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
-
अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड
-
राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
-
ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित
-
रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’