बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
२३ भाद्र, २०८३, मगलवार
- टोलीले शिक्षा विकास तथा समन्वय एकाइ, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, न्यूरेनी सुन्दरी माध्यमिक विद्यालय, सामुदायिक बहुउद्देश्यीय भवन, कर्भट हल, चन्द्रज्योती माध्यमिक विद्यालय र अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको निरीक्षण गरेको थियो ।
काठमाडौँ: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढी प्रभावित विद्यालय तथा शैक्षिक पूर्वाधारको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री पोखरेल नेतृत्वको टोलीले मंगलबार नुवाकोटका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाको अनुगमन गर्दै क्षतिको अवस्था र विद्यार्थीको पठनपाठनबारे जानकारी लिएको हो ।
टोलीले शिक्षा विकास तथा समन्वय एकाइ, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, न्यूरेनी सुन्दरी माध्यमिक विद्यालय, सामुदायिक बहुउद्देश्यीय भवन, कर्भट हल, चन्द्रज्योती माध्यमिक विद्यालय र अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा बाढीबाट विद्यालय भवन तथा पूर्वाधारमा भएको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको सिकाइमा परेको प्रभावबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरिएको थियो । प्रभावित विद्यालय र विद्यार्थीको पठनपाठन सहज बनाउन आवश्यक पहल गर्ने मन्त्री पोखरेलले बताएका छन् ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीका कारण १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन रहेको तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको प्रारम्भिक विवरण छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।