भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग

२३ भाद्र, २०८३, मगलवार
सारांश
  • थापाले जेनजी आन्दोलन केवल एउटा सरकार वा दलविरुद्धको आन्दोलन नभएको भन्दै भ्रष्टाचारमुक्त राज्य, सुशासन, जवाफदेहिता र समान अवसरको माग जायज रहेको बताए। ती माग पूरा गर्ने जिम्मेवारी सबैको भएको उनको भनाइ छ।

काठमाडौँ:  नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

 

आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले शान्तिपूर्ण रूपमा असन्तुष्टि व्यक्त गरिरहेका युवामाथि राज्यबाट ठूलो बल प्रयोग र दमन भएको बताए। उनले त्यस क्रममा युवाहरू किन मारिए र त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाउँदै सत्य स्थापित हुनुपर्नेमा जोड दिए।

 

थापाले जेनजी आन्दोलन केवल एउटा सरकार वा दलविरुद्धको आन्दोलन नभएको भन्दै भ्रष्टाचारमुक्त राज्य, सुशासन, जवाफदेहिता र समान अवसरको माग जायज रहेको बताए। ती माग पूरा गर्ने जिम्मेवारी सबैको भएको उनको भनाइ छ।

 

उनले बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउँदै जेनजी आन्दोलनमा भएको शहादत खेर जान नदिने संकल्पसमेत व्यक्त गरे।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार