जेनजी आन्दोलन ‘हाइज्याक’ भएको प्रचण्डको दाबी, षड्यन्त्रको छानबिन गर्न माग

२३ भाद्र, २०८३, मगलवार
सारांश
  • उनले भदौ २४ गते भएको विध्वंस कसले गर्‍यो भन्ने प्रश्न उठाउँदै घटनाको निष्पक्ष अध्ययन आवश्यक रहेको बताए। आन्दोलनलाई हाइज्याक गरिएको भन्दै त्यस दिन घर फर्किन आग्रह गर्नेहरूले नै विध्वंस गराएको हो कि होइन भन्ने विषयमा समेत अनुसन्धान हुनुपर्ने प्रचण्डको भनाइ छ।

काठमाडौँ:  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत भदौ २३ गते भएको जेनजी आन्दोलन ठूलो षड्यन्त्रमार्फत हाइज्याक गरिएको दाबी गरेका छन्। सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले आन्दोलनमा घुसपैठ गर्ने र आन्दोलनको अपहरणकारी को थिए भन्ने विषयमा गहिरो अध्ययन गर्नुपर्ने बताएका हुन्।

 

उनले आन्दोलनमा घुसपैठ गर्नेहरू को थिए र त्यसपछि देशलाई कहाँ पुर्‍याइयो भन्ने विषय समयसँगै सत्य बाहिर आउने विश्वास व्यक्त गरे। प्रचण्डले मानवअधिकार आयोग र सुरक्षा निकायहरूले तयार पारेका प्रतिवेदनसमेत गायब पारिएको आरोप लागिरहेको भन्दै त्यसबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए।

 

उनले भदौ २४ गते भएको विध्वंस कसले गर्‍यो भन्ने प्रश्न उठाउँदै घटनाको निष्पक्ष अध्ययन आवश्यक रहेको बताए। आन्दोलनलाई हाइज्याक गरिएको भन्दै त्यस दिन घर फर्किन आग्रह गर्नेहरूले नै विध्वंस गराएको हो कि होइन भन्ने विषयमा समेत अनुसन्धान हुनुपर्ने प्रचण्डको भनाइ छ।

 

मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको छ । बिहिबारदेखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार