कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

२२ भाद्र, २०८३, सोमवार
सारांश
  • आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा पुनः बस्ने भएको छ ।

काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा पुनः बस्ने भएको छ ।

 

आइतबार सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितसँगको भेटघाट र छलफलपछि सभापति थापाले त्यहाँको अवस्थाबारे बैठकलाई जानकारी गराएका थिए ।

आइतबारको बैठकमा १७ जनाले आफ्नो धारणा राखेका थिए। छलफल पूरा नभएकाले बैठक आज पुनः बस्न लागेको कांग्रेसले जनाएको छ ।

 

बैठकमा सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र बहादुरसिंह लामा तथा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, चन्द्रकान्त भण्डारीलगायतले आफ्नो धारणा राखेका थिए। प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ र ललितजंग शाहीले पनि बैठकमा धारणा राखेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार