बाढीबाट ज्यान गुमाएको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

२२ भाद्र, २०८३, सोमवार
सारांश
  • बाढीबाट अहिलेसम्म १३ सयभन्दा बढीको शव फेला परेको छ । त्यस्तै बाढीका कारण अहिलेसम्म करिब ५ हजार सम्पर्कविहिन रहेका छन् ।

काठमाडौँ: भोटेकोशी बाढीको १३औं दिनको दिन आज विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ ।

 

आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ । बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

 

बाढीबाट अहिलेसम्म १३ सयभन्दा बढीको शव फेला परेको छ । त्यस्तै बाढीका कारण अहिलेसम्म करिब ५ हजार सम्पर्कविहिन रहेका छन् ।

 

गत विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार