- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले पार्टीका सबै जिम्मेवारी र सदस्यतासमेत त्याग्दै राप्रपाबाट पूर्णरूपमा अलग भएको घोषणा गरेका छन् ।
काठमाण्डौ, २१ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले पार्टीका सबै जिम्मेवारी र सदस्यतासमेत त्याग्दै राप्रपाबाट पूर्णरूपमा अलग भएको घोषणा गरेका छन् ।
पाठकले करिब चार वर्षअघि राप्रपालाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति प्रतिबद्ध र सबै वर्ग तथा समुदायको भरोसायोग्य दल बनाउने सहमतिका आधारमा आफू पार्टीमा आबद्ध भएको बताउदै उक्त सहमतिअनुसार ठोस र परिणाममुखी काम हुन नसकेको उल्लेख गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
उनले पार्टीको विचार र व्यवहारबीच ठूलो विरोधाभास रहेको तथा केन्द्रीय नेतृत्वमा लामो समयदेखिको आन्तरिक बेमेल र गुटगत स्वार्थको संघर्ष झन् बढ्दै गएको बताएका छन् । उनले यस्तो अवस्थाले नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीतर्फ आकर्षित गर्न कठिन हुने उल्लेख गरेका छन् ।
पाठकले राप्रपाका तल्लो तहमा रहेका धेरै नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता प्रेरणादायी रहेको भन्दै उनीहरूप्रति सम्मान व्यक्त गर्दै आफूलाई सहयोग, शुभेच्छा र आलोचनात्मक सुझाव दिने सबैप्रति आभारसमेत व्यक्त गरेका छन् ।
एक दशकको सक्रिय राजनीतिक यात्रा र त्यसअघि सञ्चारकर्मबाट हासिल गरेको अनुभवलाई आगामी दिनमा राष्ट्र, राष्ट्रियता, सुशासन र नागरिक हितमा थप प्रतिबद्धताका साथ प्रयोग गर्ने पाठकले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेवार समुदायका परम्परागत मुकुन्डोनाचका लेखक वीणा जोशीलाई मदन पुरस्कार
-
महामन्त्री शरदराज पाठकले छोडे राप्रपा
-
काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।