रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

२२ भाद्र, २०८३, सोमवार
सारांश
  • टेलिफोन कुराकानीमा रुबियोले नेपाली जनता र सरकारप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएका थिए । उनले नेपाललाई आवश्यक थप सहयोग गर्न अमेरिका तयार रहेको समेत बताएका थिए ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्री मार्को रुबियोको टेलिफोन वार्ता भएको छ ।

 

लामिछानेसँग टेलिफोन कुराकानी गर्दै रुबियोले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

 

टेलिफोन कुराकानीमा रुबियोले नेपाली जनता र सरकारप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएका थिए । उनले नेपाललाई आवश्यक थप सहयोग गर्न अमेरिका तयार रहेको समेत बताएका थिए ।

 

जवाफमा लामिछानेले नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिएका थिए । उनले नेपाली नागरिकसँगै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति सरकार समान रूपमा प्रतिबद्ध रहेको बताएका थिए ।

 

लामिछानेले विपद्को कठिन समयमा अमेरिकी सरकारले दिएको सहयोगप्रति रुबियोलाई धन्यवाद दिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार