भोटेकोशी नदीको बहाव फेरी बढ्यो, सतर्क रहन आग्रह

२०८३ भाद्र १४ आइतवार
सारांश
  • प्राधिकरणले थप सूचना प्राप्त हुनासाथ अद्यावधिक जानकारी सार्वजनिक गर्ने जनाएको छ ।

काठमाण्डौ, १४ भाद्र । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रका नागरिक तथा उद्धारमा खटिएका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

विहान ७:२० को अपडेट अनुसार प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति, नदी तटीय क्षेत्रमा रहेका नागरिक तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

 

प्राधिकरणले थप सूचना प्राप्त हुनासाथ अद्यावधिक जानकारी सार्वजनिक गर्ने जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार