अप्पर त्रिशुलीको टनेलमा फसेका ३५० जनाको नेपाली सेनाद्वारा उद्धार

२०८३ भाद्र १२ शुक्रवार
सारांश
  • रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशुली जलविद्युत् आयोजनाको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयसहित ८८३ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

काठमाण्डौ, १२ भाद्र । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशुली जलविद्युत् आयोजनाको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयसहित ८८३ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

 

बाढीको तीव्र बहाव र प्रतिकूल मौसमका बीच अत्यन्त जोखिमपूर्ण अवस्थामा सेनाले टनेलभित्र उद्धार अभियान सञ्चालन गरेको थियो। केही समयअघि टनेलभित्र फसेका ३५० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ । टनेलभित्र अझै १०० जनाभन्दा बढी मानिस फसेको र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोली परिचालन भइरहेको बताइएको छ ।

 

टनेलभित्रको जटिल उद्धार अभियानका लागि त्रिशुलीस्थित नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल मुख्यालयबाट जमदार भक्तजन बस्नेतको नेतृत्वमा खटिएको सैन्य टोली उद्धारमा जुटेको छ ।

 

यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट क्षेत्रमा समेत नेपाली सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको छ। धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको नेतृत्वमा परिचालित टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसीलगायतका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।

 

नेपाली सेनाका अनुसार आज २०८३ भदौ ११ गते रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट गरी कुल ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरिएको हो ।

 

विपद्को उच्च जोखिमका बीच सेनाले साहस, तत्परता र समर्पणका साथ उद्धार कार्य सञ्चालन गरेपछि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। उद्धार कार्य अझै जारी रहेको सेनाले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार