बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो

११ भाद्र, २०८३, बिहिवार
सारांश
  • त्यस्तै, स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिनेछ । संकलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गरिने सरकारले जनाएको छ ।

काठमाडौं: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकेको छ ।

 

सरकारका अनुसार विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिनेछ । त्यहाँ जम्मा भएका सामग्री आवश्यकताअनुसार सरकारले बाढी प्रभावित क्षेत्रमा पठाउनेछ ।

 

त्यस्तै, स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिनेछ । संकलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गरिने सरकारले जनाएको छ ।

 

बाढी प्रभावितका लागि राहत सामग्री सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले सरकारले तोकेका यी तीन स्थानमा सामग्री पुर्‍याउनुपर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

राहत सामग्री बुझाउने स्थान र सम्पर्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय आपतकालीन गोदामघरमा सम्पर्क: श्रद्धा भट्टराई- ९८४१८७९२२२, मैथेली ब्यारेक, बट्टार, नुवाकोट सम्पर्क : आविष्कार- ९८५१२३४३२४, बैरेनी ब्यारेक, धादिङ- सम्पर्क : दिलीप घले-९८५११५४२२६ रहेका छन् ।

 

यसका अतिरिक्त इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, आर्थिक सहयोग गर्न चाहने स्वदेश र विदेशीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा योगदान गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिइएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार