भोटेकोशी बाढी: ४१ पुल बगायो, रसुवामा मात्र ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त

११ भाद्र, २०८३, बिहिवार
सारांश
  • पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर राजमार्ग सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं: भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

 

पूर्वाधार विकास मन्त्रालयका अनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। त्यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक पनि बन्द अवस्थामा रहेको छ ।

 

पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर राजमार्ग सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको मन्त्रालयले जनाएको छ ।

 

बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सरकारले ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज उपलब्ध गराएको छ । आवश्यकता र सम्भाव्यता पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ । भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

 

पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउनुका साथै रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम भइरहेको छ । त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी गरिएको छ। वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।

 

सडक खुलाउने कामलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी २० वटा उपकरण परिचालन गरिएको छ ।

 

क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार