- घटनापछि स्थानीय प्रशासन तथा उद्धार टोलीलाई तत्काल परिचालन गरिएको छ।
काठमाडौं: चीनको तिब्बत स्वायत्त क्षेत्रको दक्षिणपश्चिमी भागमा रहेको केरूङ्ग सीमा नाकामा बुधबार बिहान पहिरो जाँदा केही मानिस हताहत भएको जनाइएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्रता दिन र राहत तथा उद्धारका सबै सम्भव प्रयास गर्न निर्देशन दिएका छन्।
चिनियाँ सञ्चारमाध्यम CGTN का अनुसार, नेपालतर्फबाट आएको पहिरोका कारण जिरोङ सीमा नाकामा क्षति पुगेको हो। घटनापछि स्थानीय प्रशासन तथा उद्धार टोलीलाई तत्काल परिचालन गरिएको छ।
राष्ट्रपति सीले बेपत्ता व्यक्तिहरूको खोजी, घाइतेहरूको उपचार तथा प्रभावित क्षेत्रमा राहत व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। घटनाको विस्तृत क्षति तथा मानवीय अवस्थाबारे थप विवरण आउन बाँकी छ।
जिरोङ सीमा नाका नेपाल–चीनबीचको महत्वपूर्ण स्थलमार्गमध्ये एक हो। पहिरोका कारण सीमा क्षेत्रमा आवागमन तथा अन्य गतिविधिमा समेत असर परेको हुन सक्ने बताइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
-
उद्धार र राहतमा तीव्रता दिन चिनियाँ राष्ट्रपति सीको निर्देशन
-
प्रधानमन्त्री शाहले गरे बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श
-
बुधवार भोटेकोशी बाढीका घाइतेको उपचारका लागि स्वास्थ्य क्षेत्र तयारी अवस्थामा
-
भोटेकोशी बाढीका कारण ४३० मेगावाट बिजुली प्रणालीबाट विच्छेद्
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।