प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै
२०८३ भाद्र १० बुधवार
- सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री शाहले पहिलोपटक संसदमा जवाफ दिन लागेका हुन् ।
काठमाण्डौ, १० भाद्र । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने दिँदैछन् । सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री शाहले पहिलोपटक संसदमा जवाफ दिन लागेका हुन् ।
संसद सचिवालयका अनुसार आज दिउसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यतालिका रहेको छ । सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्ष गरी ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने तय भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेश सिंहले प्रश्न सोध्दैछन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न सोध्दैछिन् । त्यस्तै, एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीबाट संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्ने तय भएको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था रहेकोमा लामो समयसम्म प्रधानमन्त्री सांसदका प्रश्नको जवाद दिन तयार नभएपछि सभामुखको रुलिङ पछि तयार भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।