प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
२०८३ भाद्र १० बुधवार
- आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।
काठमाण्डौ, १० भाद्र । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अन्तर्गत प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद- ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसुची रहेको छ ।
त्यस्तै, आज प्रधानमन्त्री बालेन्द्र शाहले 'मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२' पेस गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, उर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले 'नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता' पेस गर्ने कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।