- नेपालको जितमा कुशल भुर्तेलले सर्बाधिक ६१ रन बनाएका थिए भने पवन सराफले २९ र मयन यादवले २१ रन बनाएका थिए । त्यस्तै एसिटीका बलर जाक केओघले ३ विकेट तथा जीत मेहताले २ विकेट लिएका थिए ।
काठमाडौँ: अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत नेपाल ए ले दोस्रो जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा नेपाल ए ले एसिटीलाई ४ विकेटले पराजित गरेको हो ।
एसिटीले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा कुशल भुर्तेलले सर्बाधिक ६१ रन बनाएका थिए भने पवन सराफले २९ र मयन यादवले २१ रन बनाएका थिए । त्यस्तै एसिटीका बलर जाक केओघले ३ विकेट तथा जीत मेहताले २ विकेट लिएका थिए ।
यसअघि टस हारेरपहिला ब्याटिंग गरेको एसीटीले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । एसीटीका लागि डाइलान हन्टरले सर्बाधिक ४४ रन बनाए भने अंश तिवारीले १९ र जाक स्मिथले १४ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ३ र युवराज खत्रीले २ विकेट लिएका थिए भने पवन सराफ, विपिन कह्त्री र शाहब आलमले एक एक विकेट लिए ।
योसहित नेपाल ए ले ४ खेलमा दोस्रो जित हासिल गरेको छ । शुरुवाती दुवै खेलमा हार बेहोरेर खराब शुरुवात गरेको नेपाल ए ले त्यसपछिका दुवै खेल जितेको छ । प्रतियोगितामा नेपाल ए ले अर्को खेल अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टप एन्ड सिरिजमा नेपाल ए को दोस्रो जित
-
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
-
प्रधानमन्त्री शाहसँग मोदीको टेलिफोन कुराकानी, सबै प्रकारको सहयोग गर्न भारत तयार
-
सेटेलाइट तस्वीरको विश्लेषण: रसुवागढीभन्दा २० किलोमिटर उत्तरपूर्वमा हिमपहिरो, ल्हेन्दे खोलाबाट त्रिशूलीमा बाढी
-
भोटेकोशी बाढीपछि काठमाडौँ महानगर उद्धार तथा राहतका लागि तयारी अवस्थामा
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।