फुलहमलाई हराउदै नयाँ सिजनमा चेल्सीको विजयी शुरुवात

२०८३ भाद्र ०९ मङ्गलवार
सारांश
  • यो जितसँगै चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोले प्रिमियर लिगमा आफ्नो पहिलो खेलमै तीन अंक हासिल गरेका छन् ।

काठमाण्डौ, ०९ भाद्र । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले विजयी शुरुवात गरेको छ । गए राति सम्पन्न खेलमा चेल्सीले फुलहमलाई ३-२ गोल अन्तरले हराएको हो ।

 

चेल्सीले खेल सुरु भएको ३१ सेकेन्डमै अग्रता लिएको थियो । कोल पाल्मरको पासमा जोआओ पेड्रोले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । यो प्रिमियर लिगको नयाँ सिजनको सुरुवाती चरणमा गरिएको सबैभन्दा छिटो गोल बनेको छ ।

 

फुलहमका जोसुवा किङले २३औँ मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । तर पहिलो हाफ सकिन चार मिनेटअघि मोर्गन रोजर्सले गोल गरेपछि चेल्सी २-१ ले अघि बढ्यो । दोस्रो हाफ सुरु भएको केही मिनेटमै कोल पाल्मरले ४९औँ मिनेटमा गोल गर्दै चेल्सीको अग्रता ३-१ बनाए । फुलहमका गोन्जालो गार्सियाले ५४औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि त्यसपछि थप गोल हुन सकेन र चेल्सीले ३-२ को जित निकाल्यो ।

 

यो जितसँगै चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोले प्रिमियर लिगमा आफ्नो पहिलो खेलमै तीन अंक हासिल गरेका छन् । चेल्सीका तीनै अग्रपंक्तिका खेलाडी जोआओ पेड्रो, मोर्गन रोजर्स र कोल पाल्मरले गोल गरेका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार