- इरानका अर्थमन्त्री अली मदनिजादेहले अमेरिकी प्रतिबन्धको सामना गर्न तेहरान पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले नयाँ प्रतिबन्धले अमेरिकालाई नै अर्को पराजयतर्फ लैजाने दाबी गरेका छन् ।
काठमाडौं: अमेरिकाले विश्व अर्थतन्त्रबाट अलग पार्ने उद्देश्यसहित कडा आर्थिक प्रतिबन्ध घोषणा गरेपछि इरानले त्यसको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ ।
अमेरिकाले इरानविरुद्ध ‘आर्थिक विनाशकारी अभियान’ घोषणा गर्दै उसको विश्वव्यापी आर्थिक सम्बन्धमा कडा प्रहार गर्ने जनाएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग आर्थिक कारोबार गर्ने कुनै पनि देश, बैंक वा व्यवसायले अमेरिकी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएपछि इरानको जवाफ आएको हो ।
इरानका अर्थमन्त्री अली मदनिजादेहले अमेरिकी प्रतिबन्धको सामना गर्न तेहरान पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले नयाँ प्रतिबन्धले अमेरिकालाई नै अर्को पराजयतर्फ लैजाने दाबी गरेका छन् ।
उनका अनुसार इरानसँग प्रतिबन्धको सामना गर्न दुई वर्षको योजना रहेको छ । चीन र रुसले अमेरिकी कदम स्वीकार नगरेको भन्दै अन्य मुलुकले पनि अमेरिकी दबाबको प्रतिरोध गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।
अमेरिकाले इरानको आम्दानीका प्रमुख स्रोत रोक्ने उद्देश्यले डिजिटल सम्पत्ति, प्रविधि, सुन, हवाई यातायात र समुद्री यातायात क्षेत्रलाई लक्षित गरेको छ । साथै करिब ६० संस्था, व्यक्ति तथा पानीजहाजमाथि समेत प्रतिबन्ध लगाइएको छ ।
अमेरिकी अर्थमन्त्री बेसेन्टले इरानले प्रतिबन्ध छल्दै तेल कारोबार गर्न प्रयोग गरेका सञ्जाल, सहयोगी तथा वित्तीय माध्यम पहिचान गरिएको बताएका छन् । उनले इरानसँग कारोबार गर्ने सरकार तथा संस्थाहरूले आफूलाई त्यस्ता गतिविधिबारे जानकारी नभएको भन्दै उम्कन नसक्ने चेतावनी दिएका छन् ।
अमेरिकी कदमप्रति चीनले भने कडा आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले एकपक्षीय प्रतिबन्धको विरोध गर्दै आर्थिक दबाबले समस्या समाधान गर्न नसक्ने बताएका छन् । चीनले आफ्नो हितको रक्षा गर्ने पनि उनले स्पष्ट पारेका छन् ।
अमेरिकी प्रतिबन्ध प्रभावकारी हुने वा नहुने विषय इरानका व्यापारिक साझेदारहरूको प्रतिक्रियामा निर्भर हुने अर्थविद्हरूले बताएका छन् । चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो र उसले यसअघि पनि अमेरिकी प्रतिबन्धका बाबजुद इरानसँग कारोबार जारी राख्दै आएको छ ।
यसैबीच, संयुक्त अरब इमिरेट्सले गत साता इरानसँगका सबै वित्तीय कारोबार रोक्ने घोषणा गरेको थियो । युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढिरहेका बेला इरानले युद्ध जारी रहेमा क्षेत्रबाट हुने सबै तेल निर्यात बन्द गर्ने चेतावनी दिएको छ । इरानले होर्मुज जलडमरूमध्य हुँदै अनुमति बिना पानीजहाज आवतजावत नगर्नसमेत चेतावनी दिएको छ ।
विश्वमा हुने कुल तेल तथा ग्यासको करिब पाँच भागको एक भाग सामान्य अवस्थामा होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्छ । इरान र अमेरिकाबीचको द्वन्द्व सुरु भएपछि यस मार्गबाट हुने आवतजावत प्रभावित भएकाले विश्व बजारमा तेलको मूल्य थप बढेको छ ।
अमेरिकी अर्थमन्त्री बेसेन्टले इरानसामु अब दुई विकल्प मात्र रहेको बताएका छन् । उनका अनुसार इरानले पूर्ण रूपमा विश्वबाट अलग हुने वा सामान्य अवस्थामा फर्किएर विश्व अर्थतन्त्रमा पुनः सहभागी हुने बाटो रोज्नुपर्नेछ ।
अमेरिकाले इरानमाथि दबाब बढाइरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशका नेताहरूसँग सम्पर्क गरी इरानसँगको आर्थिक सम्बन्ध रोक्न आग्रह गर्ने तयारीसमेत गरेको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।