इरानले आफ्ना छोराको हत्या गर्न खोजेको नेतन्याहुको आरोप

९ भाद्र, २०८३, मगलवार
सारांश
  • नेतन्याहुको यस्तो दाबी इजरायलको आन्तरिक सुरक्षा निकायले आगामी निर्वाचनमा उनीसँग प्रतिस्पर्धा गर्ने गादी आइजेनकोटका लागि सुरक्षा अधिकारी उपलब्ध गराउन अस्वीकार गरेको विषयमा भइरहेको बहसका क्रममा आएको हो ।

काठमाडौं: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्ना एक छोराको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन् ।

 

सोमबार इजरायली सञ्चारमाध्यमसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा नेतन्याहुले इरानले आफ्ना एक छोरालाई लक्षित गरेको र हत्या गर्ने प्रयास गरेको बताएका हुन् ।

 

उनले भने- 'अविश्वसनीय घटना भयो। इरानले मेरा एक छोरालाई लक्षित गर्‍यो । इरानले मेरा एक छोरालाई मार्न खोज्यो ।' तर उनले आफ्ना छोरामाथि हत्या प्रयास कहिले र कसरी गरिएको थियो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेका छैनन् । उनका दुई छोरा याइर र अभ्नेरमध्ये कसलाई लक्षित गरिएको थियो भन्ने पनि स्पष्ट भएको छैन ।

 

नेतन्याहुको यस्तो दाबी इजरायलको आन्तरिक सुरक्षा निकायले आगामी निर्वाचनमा उनीसँग प्रतिस्पर्धा गर्ने गादी आइजेनकोटका लागि सुरक्षा अधिकारी उपलब्ध गराउन अस्वीकार गरेको विषयमा भइरहेको बहसका क्रममा आएको हो ।

 

आफ्नो परिवारलाई दिइएको सुरक्षा सुविधाको बचाउ गर्दै नेतन्याहुले आफू, उनकी पत्नी र छोराहरूलाई कम्तीमा पाँच वर्षसम्म सुरक्षा उपलब्ध गराउने विषयमा आन्तरिक सुरक्षा निकायसँग सहमति भएको बताएका छन् । उनले निर्वाचनमा आफू पराजित भए पनि यस्तो सुरक्षा आवश्यक हुने बताएका छन् ।

 

नेतन्याहुका दुई छोरा र एक छोरी छन् । उनका जेठा छोरा याइर सन् २०२४ देखि लामो समयदेखि अमेरिकाको मियामीमा बस्दै आएका छन् । त्यस अवधिमा उनी इजरायलको आन्तरिक सुरक्षा निकायको सुरक्षामा रहेको बताइएको छ । उनका कान्छा छोरा अभ्नेर भने अधिकांश समय इजरायलमै बस्दै आएका छन् ।

 

नेतन्याहुले सुरक्षा नदिएको अवस्थामा आफ्ना छोराको हत्या गर्न सकिने दाबी गर्दै निर्वाचनको समयमा सबै पक्षले संयमता अपनाउनुपर्ने बताएका छन् । उनले आगामी निर्वाचनमा नेतन्याहुसँग प्रतिस्पर्धा गर्ने गादी आइजेनकोटलाई सुरक्षा उपलब्ध गराउने विषयमा पनि आफूले आन्तरिक सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको बताएका छन् । नेतन्याहुका अनुसार उनले प्रधानमन्त्री पदका सबै उम्मेदवारलाई उचित सुरक्षा उपलब्ध गराउन आग्रह गरेका छन् ।

 

यसैबीच, याइरलाई अमेरिकामा सुरक्षा प्रदान गरिएको विषयमा सरकारी खर्चको प्रयोगलाई लिएर विवादसमेत हुँदै आएको छ । इजरायलका विरोधी समूहबाट सम्भावित आक्रमणको जोखिम रहेको भन्दै उनको सुरक्षालाई आवश्यक ठानिएको बताइए पनि त्यसमा करदाताको रकम खर्च भएको विषयमा प्रश्न उठाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार