अमेरिकाले प्रतिबद्धता पूरा गरेपछि मात्रै होर्मुज बारे छलफल हुने इरानको अडान

२०८३ भाद्र ०७ आइतवार
सारांश
  • इरानले अमेरिकाले आफ्नो व्यवहार सुधार्दै यसअघि गरेका प्रतिबद्धता पूरा गरेपछि मात्रै होर्मुज जलडमरूमध्य खोल्ने विषयमा छलफल गर्न सकिने जनाएको छ ।

एजेन्सी, ०७ भाद्र । इरानले अमेरिकाले आफ्नो व्यवहार सुधार्दै यसअघि गरेका प्रतिबद्धता पूरा गरेपछि मात्रै होर्मुज जलडमरूमध्य खोल्ने विषयमा छलफल गर्न सकिने जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रेजाईले अमेरिकाले वार्ताका क्रममा धोका दिएको आरोप लगाउनुभएको छ ।

 

रेजाईले अमेरिकाले पहिले आफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने र त्यसपछि मात्रै होर्मुज जलडमरूमध्य खोल्ने विषयमा कुरा हुने बताएका छन् । उनले अमेरिकी आर्थिक दबाबसामु इरान नझुक्ने स्पष्ट पारेका छन् ।

 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एउटा तस्बिर सार्वजनिक गर्दै होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी क्षेत्र’ भनेर उल्लेख गरेका छन् । यसअघि पनि अगस्ट १८ मा ट्रम्पले होर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्ने विषयमा कुरा गर्नुभएको थियो। इरानले भने ट्रम्पको उक्त दाबी अस्वीकार गरेको छ ।

 

रेजाईले ट्रम्पको नेतृत्वमा इरानमाथि भएको आक्रमणले विश्वमा आणविक हतियारसम्बन्धी डर थप बढाएको बताएका छन् । उनका अनुसार अमेरिकी कदमका कारण अन्य देशले पनि आणविक हतियारबिना आफू सुरक्षित नरहने निष्कर्ष निकाल्न सक्ने जोखिम बढेको छ ।

 

रेजाईले इरान आणविक अप्रसार सन्धिको सदस्य रहेको र अन्तर्राष्ट्रिय नियमअनुसार आफ्नो आणविक कार्यक्रमको निरीक्षणसमेत गराउँदै आएको दाबी गरेका छन् । त्यसका बाबजुद अमेरिकाले इरानमाथि आक्रमण गरेकाले विश्वमा आणविक हतियार प्राप्त गर्ने चाहना बढ्न सक्ने उनको भनाइ छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार