विपक्षी दलको बहिष्कारका बिच बागमती प्रदेश सभाको बैठक शुरु

९ भाद्र, २०८३, मगलवार
सारांश
  • नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने कार्यसूची अनुसार शुरु भएको बैठक विपक्षी दल बिना नै शुरु भएको छ ।

हेटौडा: नेपाली काँग्रेससहितका दलले बागमती प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् ।

 

केहीबेर अघि शुरु भएको प्रदेश सभा बैठक नेपाली कांग्रेस, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसदहरूले बहिष्कार गरेका हुन् ।

 

नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने कार्यसूची अनुसार शुरु भएको बैठक विपक्षी दल बिना नै शुरु भएको छ । 

 

एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमती प्रदेश सरकार गठन भएको छ । काँग्रेससहितका दलहरुले मुख्यमन्त्री नियुक्तिको विषय अदालतमा पुगेकाले अदालतबाट विवाद टुंगो नलागेसम्म प्रदेश सभा स्थगित गर्नुपर्ने माग राखेका थिए । तर सत्तापक्षले विपक्षी दल बिना नै प्रदेश सभा संचालन गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार