लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो
९ भाद्र, २०८३, मगलवार
- उनीहरूले बुझाएको स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनसँग मेल नखाने र उठाइएका प्रश्नको चित्तबुझ्दो जवाफ नआएको पार्टीले जनाएको छ ।
काठमाडौं: जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, हेमा बेल्वासे (केसी) र भण्डारीलाल अहिरलाई पार्टी निर्देशनविपरीत काम गरेको भन्दै पुनः स्पष्टीकरण सोधेको छ ।
पार्टीले २०८३ भदौ १ गते लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न तथा सरकारको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको भएपनि तीनै सांसदले उक्त निर्देशनविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै यसअघि स्पष्टीकरण मागिएको थियो ।
उनीहरूले बुझाएको स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनसँग मेल नखाने र उठाइएका प्रश्नको चित्तबुझ्दो जवाफ नआएको पार्टीले जनाएको छ ।
पार्टीले पुनः स्पष्टीकरणमा पार्टी निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने, पार्टीको नीति तथा निर्णयविपरीत सदस्यले काम गर्न मिल्ने वा नमिल्ने र यस्तो कार्यलाई पार्टी विधान तथा निर्णयअनुसार कसरी लिनुपर्ने हो भन्नेबारे स्पष्ट धारणा मागेको छ ।
तीनै सांसदलाई २४ घण्टाभित्र पार्टी केन्द्रीय कार्यालयमा पुनः स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ । तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा जवाफ चित्तबुझ्दो नभएमा पार्टी विधानअनुसार अनुशासनात्मक कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।
पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको पत्रमा पार्टीको नीति, निर्णय तथा निर्देशन पालना गर्नु प्रत्येक सदस्यको अनिवार्य दायित्व रहेको स्मरण गराइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता
-
अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर
-
भारतको १८४ अर्ब ऋण आवश्यकता र आयोजनाको प्रगतिअनुसार खर्च गर्छौं : अर्थमन्त्री
-
हिजाब नलगाई परफरमेन्स गरेकी इरानी गायिका अहमदीलाई ७४ कोर्रा हानियो
-
शेरबहादुर देउवाद्वारा स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।