काँग्रेस नेता दिपक खड्काको 'अदालत सेटिङ' गरेको भन्दै प्रचार गरेकोप्रति आपत्ति

९ भाद्र, २०८३, मगलवार
सारांश
  • उनले न्याय सबैका लागि समान हुनुपर्ने मान्यतालाई आत्मसात गर्दै सर्वोच्च अदालतमा उत्प्रेषण, प्रतिषेध र परमादेशको मागसहित निवेदन दर्ता गराएको बताएका छन् ।

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले पार्टीको आन्तरिक जीवनमा भएका अन्यायपूर्ण घटनामा न्याय खोज्न आफू सर्वोच्च अदालत पुगेको बताएका छन् ।

 

उनले न्याय सबैका लागि समान हुनुपर्ने मान्यतालाई आत्मसात गर्दै सर्वोच्च अदालतमा उत्प्रेषण, प्रतिषेध र परमादेशको मागसहित निवेदन दर्ता गराएको बताएका छन् ।

 

न्याय खोज्न अदालत पुगेको विषयलाई लिएर केही व्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको भन्दै आफ्नो नाम जोडेर नियोजित रूपमा प्रचार गरेकोप्रति उनले आपत्ति जनाएका छन् । उनले भनेका छन्- 'न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही ब्यक्ति तथा समूहले नियोजित रूपमा 'अदालत सेटिङ' गरेको भन्दै मेरो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको छ । यो कुप्रचार तथा अदालतको गरिमालाई घटाउने योजनाबद्ध खेलप्रति खेदप्रकट गर्दछु ।'

 

यस्तो प्रचारले स्वतन्त्र न्यायपालिकाप्रति अविश्वास पैदा गर्ने र अदालतको गरिमा घटाउने उद्देश्य राखेको भन्दै खड्काले त्यसप्रति खेद व्यक्त गरेका छन् । उनले जिम्मेवार सञ्चारमाध्यमलाई समेत यस्ता विषयमा सचेत रहन आग्रह गरेका छन् ।न्याय र स्वतन्त्रताका लागि लडेको व्यक्तिका रूपमा आफूलाई अदालतप्रति पूर्ण विश्वास र भरोसा रहेको बताउँदै खड्काले सर्वोच्च अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् । 

 

खड्काले काँग्रेसकापूर्व सभापति शेरबहादुर देउवाको तर्फबाट सर्वोच्चमा काँग्रेस महाधिवेशन रोक्न निवेदन दिएका थिए । सो निवेदन सर्वोच्चमा दर्ता भएको छ भने विहिबार पेसी तोकिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार