राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)ले गरायो सञ्चार मन्त्रालयको ध्यानाकर्षण
२०८३ भाद्र ०८ सोमवार
- राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)ले विज्ञापन व्यवसायीहरुले भोग्नु परेको समस्या र कानुनी निरुपनणका विषयमा सूचना तथा सञ्चार मन्त्रालयको ध्यानार्कषण गराएको छ ।
काठमाण्डौ, ०८ भाद्र । राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)ले विज्ञापन व्यवसायीहरुले भोग्नु परेको समस्या र कानुनी निरुपनणका विषयमा सूचना तथा सञ्चार मन्त्रालयको ध्यानार्कषण गराएको छ ।
संघले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई सोमबार एक ध्यानार्कषणपत्र बुझाउदै सम्मानित सर्वोच्च अदालतबाट सरकारद्वारा गर्न खोजिएको प्रेस स्वतन्त्रता र समानताको हक विपरितको निर्णय खारेज गर्दै स्थापित कानुन अनुसार विज्ञापन व्यवस्थापनमा दिएको उत्प्रेशन कार्यान्वयनमा तत्काल मातहतका निकायलाई स्पष्ट निर्देशन दिन आग्रह गरेको छ ।
विज्ञापन व्यवसायीहरुले नेपाल सरकार, आमसञ्चार माध्यम, विज्ञापनदाता तथा उपभोक्तावीच समन्वयमा सेतुको काम गर्दै आएको भन्दै, हजारौं रोजगारी सिर्जना गर्दै स्वरोजगार बन्दै आएका विज्ञापन व्यवसायलाई संरक्षण गर्न र एजेन्सीहरुको भविश्य सुरक्षित गरी नीतिगत व्यवस्था गर्न पनि संघले ध्यानार्कषण पत्रमार्फत माग गरेको छ ।
सरकारी विज्ञापनमा जिटुजि गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा गरिएको खारेजीलाई पूर्ण कार्यान्वय गर्दै एजेन्सीहरुले सरकारी विज्ञापनलाई गोरखापत्र लगायत सरकारी सञ्चारमाध्यम सहित सवै मिडियाहरुमा प्रकाशन तथा प्रशारण गर्ने वातावरणलाई मिलाईदिन पहल गरिदिन मन्त्रालयसंग अपेक्षा गरेको पनि ध्यानार्कषणपत्रमा उल्लेख छ ।
संघको ध्यानार्कषण पत्र बुझ्दै मन्त्री डा. तिमिल्सिनाले सरकार विज्ञापन व्यवसायको मागप्रति सकारात्क रहेको प्रतिकृया दिए । मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनमा विज्ञापन एजेन्सीलाई बाईपास नगरी स्वच्छ र प्रतिश्प्रर्धाबाट विज्ञापन वितरणमा मन्त्रालयले निभाउन सक्ने भुमिकाका बारेमा थप पहल गर्नेसमेत आश्वासन दिए ।
ध्यानार्कषण पत्र बुझाउन संघका संस्थापक अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ सहितको पदाधिकारी टोलि सूचना तथा सञ्चार मन्त्रालय पुगेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता
-
अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर
-
भारतको १८४ अर्ब ऋण आवश्यकता र आयोजनाको प्रगतिअनुसार खर्च गर्छौं : अर्थमन्त्री
-
हिजाब नलगाई परफरमेन्स गरेकी इरानी गायिका अहमदीलाई ७४ कोर्रा हानियो
-
शेरबहादुर देउवाद्वारा स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।