- आर्सनलले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।
काठमाण्डौ, ०६ भाद्र । आर्सनलले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । शुक्रवार राति एमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३-० गोलले पराजित गरेको हो । आर्सनलको जितमा काइ हाभेर्ट्ज, बुकायो साका र कप्तान मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए ।
हाभेर्ट्जले खेलको १५औँ मिनेटमा आर्सनललाई अग्रता दिलाए । क्रिस्टोस त्जोलिसले कोभेन्ट्रीको रक्षापंक्तिबाट बल खोसेपछि रिकार्डो कालाफियोरीले दिएको तल्लो क्रसलाई हाभेर्ट्जले उत्कृष्ट फिनिसिङ गर्दै गोलमा परिणत गरेका थिए । आर्सनलले २३औँ मिनेटमा अग्रता दोब्बर बनायो । डेक्लान राइसको पासमा त्जोलिसले दिएको क्रस कोभेन्ट्रीका गोलरक्षकले पूर्ण रूपमा नियन्त्रण गर्न नसकेपछि बुकायो साकाले नजिकैबाट गोल गर्दै आर्सनललाई २-० को अवस्थामा पुर्याए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफ सुरु भएको केही मिनेटमै तेस्रो गोल थप्यो । ४९औँ मिनेटमा मार्टिन ओडेगार्डले साका र बेन ह्वाइटसँगको समन्वयपछि प्रहार गरेको बल कोभेन्ट्रीका गोलरक्षकलाई छक्याउँदै जाली चुम्यो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र आर्सनल ३-० को जितसहित तीन अंक जोड्न सफल भयो ।
खेलमा आर्सनलले ६४.५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै २० पटक गोलतर्फ प्रहार गरेको थियो । त्यसमध्ये ६ प्रहार लक्ष्यमा थिए । कोभेन्ट्रीले भने चार पटक मात्र गोलतर्फ प्रहार गर्दा एउटा मात्र लक्ष्यमा थियो । यो जितसँगै आर्सनलले उपाधि रक्षा अभियानलाई प्रभावशाली ढंगले सुरु गरेको छ । अर्कोतर्फ, २५ वर्षपछि शीर्ष श्रेणीको लिगमा फर्किएको कोभेन्ट्रीका लागि पहिलो खेलमै बलियो आर्सनलविरुद्धको हार कठिन शुरुवात बनेको छ । त्यसैगरी आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाका लागि यो इङ्लिस प्रिमियर लिगमा १५०औँ जित समेत बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महानगरले सञ्चालनमा नरहेका संस्थागत विद्यालयको अनुमति रद्द गर्ने
-
सरकारले ल्यायो सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना
-
सरकारको पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु हो- गृहमन्त्री गुरुङ
-
रिलिजन वा मजहबका आधारमा हुने हिंसाका पीडितको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाइँदै
-
आर्सनलको विजयी सुरुवात, कोभेन्ट्रीविरुद्ध ३-० को शानदार जित
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।