म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

२०८३ भाद्र ०१ सोमवार
सारांश
  • आर्सनलले प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई पराजित गर्दै सन् २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

काठमाण्डौ, ०१ भाद्र । आर्सनलले प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई पराजित गर्दै सन् २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

 

आर्सनलले खेल सुरु भएको २३ सेकेन्डमै अग्रता बनाएको थियो । माइलेस लुइस स्केलीको पासमा रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । आर्सनलले २८औँ मिनेटमा अग्रता दोब्बर बनायो ।

 

नयाँ खेलाडी क्रिस्टोस जोलिसले मार्टिन ओडेगार्डको क्रसलाई गोलतर्फ फर्काएपछि काइ हाभर्ट्जले हेडमार्फत गोल गरेका थिए । दोस्रो हाफ सुरु भएको तीन मिनेटमै आर्सनलले तेस्रो गोल गर्‍यो । जोलिसको पासमा ओडेगार्डले म्यानचेस्टर सिटीको गोल क्षेत्रमा बल पाए । उनले गोलरक्षक जियानलुइजी डोनारुम्मालाई झुक्याउँदै बललाई अर्को कुनामा पठाए ।

 

म्यानचेस्टर सिटीविरुद्धको जितसँगै आर्सनलले चार महिनाभित्र दोस्रो उपाधि जितेको छ । यो आर्सनलको समग्रमा १८औँ कम्युनिटी शिल्ड उपाधि हो ।

 

म्यानचेस्टरमा रहेको वेम्बली रंगशालामा क्यानडेली गायक द विकेन्डको सांगीतिक कार्यक्रम भइरहेकाले खेल कार्डिफस्थित प्रिन्सिपालिटी रंगशालामा आयोजना गरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार