- प्रहरीका अनुसार मोघरा प्रहरी चौकीमा दर्ता भएको मुद्दामा भारतीय न्याय संहिताका विभिन्न धारासहित सूचना प्रविधि कानुनका सम्बन्धित धाराअन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौँ: भारतीय क्रिकेटका खेलाडी तथा आइपिएल टिम दिल्ली क्यापिटल्सका विकेटकिपर ब्याटर अभिषेक पोरेललाई बलात्कारको आरोपमा पश्चिम बंगालको हुगली प्रहरीले पक्राउ गरेको छ ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार पोरेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोप छ । हुगली ग्रामीणका प्रहरी अधीक्षक कुँवर भूषण सिंहले मुद्दा दर्ता भइसकेको र पक्राउका लागि अदालतको आदेश रहेकाले उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
एक महिला चिकित्सा विद्यार्थीले गत जुन २३ मा मोघरा प्रहरी चौकीमा पोरेलविरुद्ध उजुरी दिएकी थिइन् । उजुरीमा आफूहरू करिब साढे तीन वर्षदेखि सम्बन्धमा रहेको र विवाह गर्ने योजना बनाएको दाबी गरिएको छ ।
प्रहरीका अनुसार मोघरा प्रहरी चौकीमा दर्ता भएको मुद्दामा भारतीय न्याय संहिताका विभिन्न धारासहित सूचना प्रविधि कानुनका सम्बन्धित धाराअन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।
पोरेलले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै त्यसलाई झुटो बताएका छन् । पोरेल सन् २०२३ देखि भारतीय क्रिकेटको प्रमुख घरेलु प्रतियोगितामा खेल्दै आएका छन् । उनले हालसम्म ३५ खेलमा ७६९ रन बनाएका छन् । उनी बंगाल क्रिकेट टोलीका प्रमुख खेलाडीमध्ये एक हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनको व्यापार बचत १० खर्ब डलर नाघ्यो, निर्यातमा नयाँ कीर्तिमान
-
एनभिडिया प्रमुख हुआङको सम्पत्तिमा एकैदिन ७ अर्ब ४० करोड डलरले घट्यो
-
शेख हसिनालाई नयाँ राहदानी नदिने बङ्गलादेशको निर्णय
-
ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हटेपछि तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल
-
एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।