पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न म्याद थप

१ भाद्र, २०८३, सोमवार
सारांश
  • यसअघि काठमाडौं जिल्ला अदालतले दिएको तीन दिन समय सकिएपछि अदालतले फेरी म्याद थप गरेको हो ।

काठमाडौँ: जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

 

प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि आज सोमबार बिहानै अदालत उपस्थित गराएको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले दिएको तीन दिन समय सकिएपछि अदालतले फेरी म्याद थप गरेको हो ।

 

त्यस्तै, श्रेष्ठको पक्राउविरुद्ध सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा पनि आजै सुनुवाइ हुँदैछ । सो रिट सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाई हुदैछ ।

 

यसअघि शुक्रबार सर्वोच्चले श्रेष्ठलाई उनको कार्यलयबाट बरामद गरिएका सामानसहित हाजिर गराउन आदेश जारी गरेको थियो । श्रेष्ठ गत बुधबार वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार