शिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, ६ जना पक्राउ
२३ श्रावण, २०८३, शनिवार
- शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट अचानक गोली चलेपछि पुन मगरको पेटको तल्लो भाग र कम्मरमा गोली लागेको थियो ।
सल्यान: सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आशंकामा सँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा गोली चलेको थियो। कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर साथीहरूसँग शिकार खेल्न वनमा गएका थिए ।
शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट अचानक गोली चलेपछि पुन मगरको पेटको तल्लो भाग र कम्मरमा गोली लागेको थियो । गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनामा सँगै रहेका ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, सोही स्थानका ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर रहेका छन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मध्यपूर्वमा नयाँ सुरक्षा समीकरणः साउदी, पाकिस्तान र टर्कीबीच रक्षा सम्झौता
-
कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ: गगन थापा
-
शिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, ६ जना पक्राउ
-
राष्ट्रिय उद्योगलाई पुनर्जीवन दिन थालेको प्रधानमन्त्री शाहको दाबी, पाँच संस्थामा सुधारका संकेत
-
श्रीलंकन अलराउण्डर धनञ्जय पोखराबाट पुन: एनपीएल खेल्दै
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।