- बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रदेश सरकार कांग्रेस, एमाले र नेकपाले नै गठन गर्नुपर्ने धारणा दोहोर्याउँदै भविष्यमा कुनै निर्णय लिनुपर्ने अवस्था आए पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान अवस्थामा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रदेश सरकार कांग्रेस, एमाले र नेकपाले नै गठन गर्नुपर्ने धारणा दोहोर्याउँदै भविष्यमा कुनै निर्णय लिनुपर्ने अवस्था आए पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । साथै पार्टीको निर्देशनबिना सत्ता केन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेश संसदीय दल र सांसदलाई निर्देशन दिएको छ ।
बैठकले मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन विभिन्न समिति पनि गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा तथा जुलुस व्यवस्थापन समिति, ध्रुवबहादुर प्रधानको नेतृत्वमा अतिथि सत्कार समिति, हेमजङ गुरुङको नेतृत्वमा भोजन व्यवस्थापन समिति, महामन्त्री भुवन पाठकको नेतृत्वमा समारोह व्यवस्थापन समिति र महामन्त्री राजेन्द्र गुरुङको नेतृत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति गठन गरिएको छ ।
त्यसैगरी कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति, गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङको नेतृत्वमा सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति, डा. विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति, प्रवक्ता मोहनकुमार श्रेष्ठको नेतृत्वमा प्रचारप्रसार समिति, दीपक रञ्जितको संयोजकत्वमा शान्ति सुरक्षा तथा व्यवस्थापन समिति, इन्जिनियर सजिना कार्कीको नेतृत्वमा स्वास्थ्य समिति तथा ध्रुवविक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिलाई स्वागतद्वार व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।