- वैज्ञानिकहरूका अनुसार पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण तथा सूर्यको विकिरणको हल्का दबाबका कारण यसको मार्ग बिस्तारै परिवर्तन हुँदै गएको थियो । अन्ततः यही परिवर्तनले रकेटको भागलाई चन्द्रमासँग ठोक्किने मार्गमा पुर्याएको हो ।
काठमाडौँ: स्पेसएक्सको फाल्कन–९ रकेटको माथिल्लो भाग बुधबार चन्द्रमाको आइन्स्टाइन विवर नजिक ठोक्किएको छ । करिब ४ हजार ५ सय किलोग्राम तौल र १२ मिटर लम्बाइ रहेको यो भाग नेपाली समयअनुसार दिउँसो करिब १२:२५ बजे चन्द्रमामा ठोक्किएको हो । यद्यपि, वैज्ञानिकहरूले यसको विस्तृत विवरण सार्बजनिक हुन समय लाग्ने बताएका छन् ।
यो रकेटको भाग सन् २०२५ जनवरी १५ मा प्रक्षेपण गरिएको थियो । त्यसबेला यसले फायरफ्लाई एयरोस्पेसको ‘ब्लु घोस्ट–१’ र आइस्पेसको ‘हाकुटो–आर मिसन–२’ चन्द्र अवतरण यानलाई चन्द्रमातर्फ पठाएको थियो । आफ्नो मुख्य काम पूरा गरेपछि रकेटको माथिल्लो भाग करिब १९ महिनादेखि अन्तरिक्षमा पृथ्वी र चन्द्रमाबीच घुमिरहेको थियो ।
वैज्ञानिकहरूका अनुसार पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण तथा सूर्यको विकिरणको हल्का दबाबका कारण यसको मार्ग बिस्तारै परिवर्तन हुँदै गएको थियो । अन्ततः यही परिवर्तनले रकेटको भागलाई चन्द्रमासँग ठोक्किने मार्गमा पुर्याएको हो । स्पेसएक्सले रकेटको इन्धन पहिले नै निकालेर सुरक्षित बनाइएको भए पनि यस्तो उच्च गतिमा रहेको वस्तुलाई नियन्त्रित रूपमा नष्ट गर्न सम्भव नभएको जनाएको छ ।
हाल विभिन्न अन्तरिक्ष निकायहरूले यस घटनाको निगरानी गरिरहेका छन् । आगामी केही दिनमा चन्द्रमाको परिक्रमा गरिरहेका अनुसन्धान यानहरूले ठक्करबाट बनेको नयाँ विवरको अध्ययन गर्ने अपेक्षा गरिएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले भने यस घटनाबाट पृथ्वीलाई कुनै खतरा नरहेको स्पष्ट पारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।