कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा कडा निन्दा
२०८३ श्रावण १५ शुक्रवार
- नेपाल सरकारले उत्तरी कुवेतमा भएको आक्रमणमा एक निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
काठमाण्डौ, १५ श्रावण । नेपाल सरकारले उत्तरी कुवेतमा भएको आक्रमणमा एक निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सर्वसाधारण नागरिकलाई लक्षित गरी गरिएको यस्तो अन्धाधुन्ध आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको हो ।
मन्त्रालयले सम्बन्धित सबै पक्षलाई संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न, उच्चतम संयमता अपनाउन तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।
साथै, मन्त्रालयले सबै परिस्थितिमा जेनेभा महासन्धि तथा अन्तर्राष्ट्रिय मानवीय कानुनका प्रचलित व्यवस्थाको पूर्ण सम्मान र कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ ।
मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, मृतकको शव यथाशीघ्र स्वदेश फिर्ता गराउने व्यवस्था सहित आवश्यक सबै सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
-
‘ग्रीन आर्मी’ विवादमा सरकार र सुरक्षा निकायलाई सर्वोच्चले बोलायो
-
भोटेकोशी बाढी अपडेट: १३ सय ९२ जनाको शव फेला
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।