- यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस ‘ठगीको जालभित्र थुनिएका’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर मनाइँदै छ ।
काठमाण्डौ, १४ श्रावण । आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाइँदैछ ।
यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस ‘ठगीको जालभित्र थुनिएका’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर मनाइँदै छ ।
यसले अनलाइन ठगी सञ्चालन गरिने केन्द्रहरूमा जबर्जस्ती आपराधिक गतिविधिमा संलग्न गराउन हुने मानव बेचबिखनको गम्भीर समस्यालाई उजागर गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले अनलाइन ठगीको पछाडि शोषणमा परेका पीडितहरूको पहिचान, उनीहरूको संरक्षण र उद्धारका लागि प्रभावकारी कदम चाल्न आह्वान गरेको छ ।
सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठकबाट जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा मनाउने गरि तोकिएको थियो ।
मानव बेचबिखनविरुद्धका राष्ट्रिय कानुन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानव बेचबिखन गरेमा कानुनी उपचारको समेत व्यवस्था गरिएको छ । २०६४ कात्तिक ६ मा यो एन जारी भएको हो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडितको संरक्षण तथा पुनर्स्थापना गर्नका लागि यो ऐन जारी गरिएको थियो । ऐनमा देहव्यापारमा लगाउने वा शोषण गर्ने उद्देश्यले गरिने सबै कार्यलाई कडा दण्ड सजाय र क्षतिपूर्तिको व्यवस्था छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारी वेबसाइटमा सुरक्षित प्रमाणपत्र अनिवार्य गर्न साइबर सुरक्षा केन्द्रको निर्देशन
-
आन्दोलन गर्ने आँट गरेनौं भने सफल हुन सक्दैनौं- ओली
-
तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढ्यो
-
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सकी नवनियुक्त राजदूत इन्जाको शिष्टाचार भेटवार्ता
-
श्रीलंकाका अलराउन्डर थरिन्दु रत्नायके सुदूरपश्चिमबाट एनपीएल खेल्ने
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।