- यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस ‘ठगीको जालभित्र थुनिएका’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर मनाइँदै छ ।
काठमाण्डौ, १४ श्रावण । आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाइँदैछ ।
यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस ‘ठगीको जालभित्र थुनिएका’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर मनाइँदै छ ।
यसले अनलाइन ठगी सञ्चालन गरिने केन्द्रहरूमा जबर्जस्ती आपराधिक गतिविधिमा संलग्न गराउन हुने मानव बेचबिखनको गम्भीर समस्यालाई उजागर गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले अनलाइन ठगीको पछाडि शोषणमा परेका पीडितहरूको पहिचान, उनीहरूको संरक्षण र उद्धारका लागि प्रभावकारी कदम चाल्न आह्वान गरेको छ ।
सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठकबाट जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा मनाउने गरि तोकिएको थियो ।
मानव बेचबिखनविरुद्धका राष्ट्रिय कानुन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानव बेचबिखन गरेमा कानुनी उपचारको समेत व्यवस्था गरिएको छ । २०६४ कात्तिक ६ मा यो एन जारी भएको हो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडितको संरक्षण तथा पुनर्स्थापना गर्नका लागि यो ऐन जारी गरिएको थियो । ऐनमा देहव्यापारमा लगाउने वा शोषण गर्ने उद्देश्यले गरिने सबै कार्यलाई कडा दण्ड सजाय र क्षतिपूर्तिको व्यवस्था छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।