- प्रशासनका अनुसार कर्फ्यु लहान नगरपालिकाको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ बाटिका होटल पश्चिमस्थित सरस्वती खोलासम्म तथा दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गबाट ५०० मिटर आसपासको क्षेत्रमा लागू हुनेछ।
सिरहा: जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै लहान नगरपालिकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार आन्दोलन तथा सम्भावित हुलदङ्गाका कारण शान्ति–सुरक्षामा खलल पुग्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो।
प्रशासनका अनुसार कर्फ्यु लहान नगरपालिकाको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ बाटिका होटल पश्चिमस्थित सरस्वती खोलासम्म तथा दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गबाट ५०० मिटर आसपासको क्षेत्रमा लागू हुनेछ।
यो कर्फ्यु आदेश साउन १४ गते दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रभावकारी रहने जनाइएको छ ।
कर्फ्यु लागू भएको क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, प्रदर्शन गर्न, सभा, बैठक, घेराउ वा नाराबाजी गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गर्दै आदेश उल्लङ्घन भएमा सुरक्षाकर्मीले आवश्यक चेतावनी दिएपछि कानुनबमोजिम बल प्रयोग गर्न सक्ने उल्लेख गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।