कपिलवस्तुको शुद्धोधनका उपाध्यक्षविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर
१४ श्रावण, २०८३, बिहिवार
- अनुसन्धानका क्रममा तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारको बैंक खाताबाट कार्यालय सहयोगीको नाममा चेक काटी उक्त रकम उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिएको भेटिएको आयोगले जनाएको छ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै उपाध्यक्ष चौधरीले घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनको बैंक खातामा पाँच लाख रुपैयाँ जम्मा भएको पुष्टि भएको हो।
अनुसन्धानका क्रममा तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारको बैंक खाताबाट कार्यालय सहयोगीको नाममा चेक काटी उक्त रकम उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिएको भेटिएको आयोगले जनाएको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा स्वीकृत ‘न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालन गर्ने जिम्मेवारी सुरेश कँहारलाई दिइएको थियो। सोही कार्यक्रम सञ्चालनका लागि गाउँपालिकासँग सम्झौता गरी उनले छ लाख रुपैयाँ पेश्की लिएका थिए।
पेश्की रकम खातामा आएलगत्तै त्यसमध्ये पाँच लाख रुपैयाँ उपाध्यक्ष चौधरीको खातामा जम्मा गराइएको र कार्यक्रम सञ्चालनका लागि कुनै खर्च नगरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ। कँहारको खातामा अन्य रकमसमेत नरहेको अवस्थामा उक्त पाँच लाख रुपैयाँ घुसस्वरूप उपाध्यक्षलाई दिएको प्रमाण फेला परेको आयोगले जनाएको छ।
आयोगले उपाध्यक्ष चौधरी र सुरेश कँहारले मिलेमतोमा गाउँपालिकाबाट कार्यक्रम सञ्चालनका नाममा भुक्तानी भएको पेश्की रकममध्ये पाँच लाख रुपैयाँ घुसका रूपमा लेनदेन गरेको ठहर गरेको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर भएको भन्दै दुवै जनाविरुद्ध सोही ऐनअनुसार सजायको माग गर्दै बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारी वेबसाइटमा सुरक्षित प्रमाणपत्र अनिवार्य गर्न साइबर सुरक्षा केन्द्रको निर्देशन
-
आन्दोलन गर्ने आँट गरेनौं भने सफल हुन सक्दैनौं- ओली
-
तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढ्यो
-
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सकी नवनियुक्त राजदूत इन्जाको शिष्टाचार भेटवार्ता
-
श्रीलंकाका अलराउन्डर थरिन्दु रत्नायके सुदूरपश्चिमबाट एनपीएल खेल्ने
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।