कपिलवस्तुको शुद्धोधनका उपाध्यक्षविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर
१४ श्रावण, २०८३, बिहिवार
- अनुसन्धानका क्रममा तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारको बैंक खाताबाट कार्यालय सहयोगीको नाममा चेक काटी उक्त रकम उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिएको भेटिएको आयोगले जनाएको छ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै उपाध्यक्ष चौधरीले घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनको बैंक खातामा पाँच लाख रुपैयाँ जम्मा भएको पुष्टि भएको हो।
अनुसन्धानका क्रममा तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारको बैंक खाताबाट कार्यालय सहयोगीको नाममा चेक काटी उक्त रकम उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिएको भेटिएको आयोगले जनाएको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा स्वीकृत ‘न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालन गर्ने जिम्मेवारी सुरेश कँहारलाई दिइएको थियो। सोही कार्यक्रम सञ्चालनका लागि गाउँपालिकासँग सम्झौता गरी उनले छ लाख रुपैयाँ पेश्की लिएका थिए।
पेश्की रकम खातामा आएलगत्तै त्यसमध्ये पाँच लाख रुपैयाँ उपाध्यक्ष चौधरीको खातामा जम्मा गराइएको र कार्यक्रम सञ्चालनका लागि कुनै खर्च नगरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ। कँहारको खातामा अन्य रकमसमेत नरहेको अवस्थामा उक्त पाँच लाख रुपैयाँ घुसस्वरूप उपाध्यक्षलाई दिएको प्रमाण फेला परेको आयोगले जनाएको छ।
आयोगले उपाध्यक्ष चौधरी र सुरेश कँहारले मिलेमतोमा गाउँपालिकाबाट कार्यक्रम सञ्चालनका नाममा भुक्तानी भएको पेश्की रकममध्ये पाँच लाख रुपैयाँ घुसका रूपमा लेनदेन गरेको ठहर गरेको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर भएको भन्दै दुवै जनाविरुद्ध सोही ऐनअनुसार सजायको माग गर्दै बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।