मोरङमा धार्मिक कार्यक्रममा ठूलो आवाजमा ध्वनि उपकरण प्रयोग नगर्न प्रशासनको निर्देशन

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • प्रशासनले मोरङ जिल्लाभित्र रहेका सबै मठ-मन्दिर, मस्जिद, चर्च, गुम्बा तथा अन्य धार्मिक स्थललाई धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दा तोकिएको ध्वनि मापदण्ड ननाघ्ने गरी मधुरो आवाजमा कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ ।

विराटनगर: जिल्ला प्रशासन कार्यालय मोरङले धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा ठूलो आवाजमा लाउडस्पिकर, माइक, भोपु, साउन्ड बक्स लगायतका ध्वनि उपकरण प्रयोग नगर्न सबै धार्मिक संस्थालाई निर्देशन दिएको छ ।

 

प्रशासनले बिहीबार सूचना जारी गर्दै अत्यधिक ध्वनिका कारण बालबालिका, ज्येष्ठ नागरिकसहित सबै उमेर समूहका मानिसमा ध्वनि प्रदूषणबाट मानसिक तथा स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको गुनासो प्राप्त भएकाले ध्वनि प्रदूषण नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरेको हो ।

 

सूचनामा सर्वोच्च अदालतले २०८० पुस १६ गते दिएको आदेश तथा नेपाल सरकारले २०६८ कात्तिक १३ गते नेपाल राजपत्रमा प्रकाशित गरेको ध्वनि मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ । उक्त मापदण्डअनुसार ग्रामीण क्षेत्रमा दिउँसो ४५ डेसिबल र राति ४० डेसिबल तथा सहरी आवासीय क्षेत्रमा दिउँसो ५५ डेसिबल र राति ५० डेसिबलभन्दा बढी ध्वनि गर्न पाइँदैन ।

 

प्रशासनले मोरङ जिल्लाभित्र रहेका सबै मठ-मन्दिर, मस्जिद, चर्च, गुम्बा तथा अन्य धार्मिक स्थललाई धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दा तोकिएको ध्वनि मापदण्ड ननाघ्ने गरी मधुरो आवाजमा कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतको आदेश र प्रचलित कानुनविपरीत ध्वनि प्रदूषण गर्ने वा गराउने व्यक्ति तथा संस्थामाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार