- डा. केसीको स्वास्थ्य परीक्षणपछि चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएपछि उनलाई अस्पताल पुर्याइएको छ ।
धनगढी: सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई अस्पताल लागिएको छ ।
शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सकले गरेको स्वास्थ्य परीक्षणमा उनको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मात्र रहेको पाइए पछि उनलाई सेती प्रादेशिक अस्पताल लागिएको हो ।
धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा अनसनरत डा. केसीको स्वास्थ्य परीक्षणपछि चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएपछि उनलाई अस्पताल पुर्याइएको छ ।
सहयोगी अमृत जैशीका अनुसार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसीका सहयोगीसँग तथा राति स्वयं डा. केसीसँग टेलिफोन संवाद गर्दै माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने र आवश्यक परे धनगढी नै आउने प्रतिबद्धता जनाएका छन् ।
डा. केसी बिहीबारदेखि पाँच बुँदे मागसहित सत्याग्रहमा बसेका छन् । उनले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्नुपर्ने तथा स्वार्थप्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागलाई आफ्नो प्रमुख अडानका रूपमा अघि सारेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
-
अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड
-
राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
-
ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित
-
रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’