भानुभक्तीय रामायणले नेपाली भाषा र संस्कृतिलाई जनजीवनसँग जोड्यो- राष्ट्रपति पौडेल

२९ आषाढ़, २०८३, सोमवार
सारांश
  • उनले घाँसीबाट प्रेरणा लिएर समाजका लागि योगदान गर्ने अठोट गरेका भानुभक्तले संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई सरल, शिष्ट र रोचक शैलीमा नेपाली भाषामा अनुवाद गरेको स्मरण गरेका छन् । उक्त कृतिले हिमाल, पहाड र तराईका नेपालीबीच जनचेतना अभिवृद्धि गर्न तथा भावनात्मक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपति पौडेलको भनाइ छ ।

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्तीय रामायणले नेपाली भाषा, लिपि, धर्म, कर्तव्य, निष्ठा र सेवाभावजस्ता विषयलाई जनजीवनसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

 

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाली भाषा र साहित्यको विकासमा भानुभक्तको योगदान ऐतिहासिक रहेको उल्लेख गरेका हुन् ।

 

राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्दै तनहुँको चुँदी रम्घामा पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा वि.सं. १८७१ असार २९ गते जन्मिएका भानुभक्तले नेपाली साहित्यलाई नयाँ उचाइ दिएको बताएका छन् ।

 

उनले घाँसीबाट प्रेरणा लिएर समाजका लागि योगदान गर्ने अठोट गरेका भानुभक्तले संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई सरल, शिष्ट र रोचक शैलीमा नेपाली भाषामा अनुवाद गरेको स्मरण गरेका छन् । उक्त कृतिले हिमाल, पहाड र तराईका नेपालीबीच जनचेतना अभिवृद्धि गर्न तथा भावनात्मक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपति पौडेलको भनाइ छ ।

 

राष्ट्रपति पौडेलले भानुभक्त आचार्य नेपाली साहित्यको प्रारम्भिक कालका प्रतिनिधि कविका रूपमा स्थापित रहेको उल्लेख गर्दै नेपाली भाषालाई जनताको भाषा बनाउन, साहित्यलाई सबैको पहुँचमा पुर्‍याउन र नेपाली भाषा, साहित्य तथा संस्कृतिको विकासमा भानुभक्तले अतुलनीय योगदान दिएको बताएका छन् ।

 

विश्वभर रहेका नेपाली भाषीबीच भाषिक एकता कायम गर्न भानुभक्तले पुर्‍याएको योगदानलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले उनको जन्मस्थललाई साहित्यिक, ऐतिहासिक र सांस्कृतिक स्थलका रूपमा विकास गर्नु नै सच्चा सम्मान हुने बताएका छन् । उनले भानु जयन्तीले सबै भाषाभाषी समुदायलाई आ–आफ्ना भाषाको संरक्षण र संवर्द्धनका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार