- युद्ध सुरु भएपछि इरानले होर्मुज जलडमरूमध्य आफ्नो र ओमानको समुद्री क्षेत्रमा पर्ने भएकाले यहाँको सुरक्षा व्यवस्था र आवागमनसम्बन्धी निर्णय गर्ने अधिकार आफूमा रहेको दाबी गरेको छ ।
काठमाडौँ: होर्मुज जलडमरूमध्य इरान र ओमानको बीचमा अवस्थित छ । यसको उत्तरी भाग इरानतर्फ पर्छ भने दक्षिणी भाग ओमानतर्फ पर्छ । सबैभन्दा साँघुरो स्थानमा यसको चौडाइ २१ समुद्री माइल (करिब ३९ किलोमिटर) मात्र रहेको छ ।
सुरुवातमा दुवै देशको समुद्री क्षेत्र सीमा ३ समुद्री माइलसम्म मात्र मानिन्थ्यो । तर पछि अन्तर्राष्ट्रिय समुद्री कानुनमा भएको परिवर्तनपछि इरानले सन् १९५९ मा र ओमानले सन् १९७२ मा आफ्नो समुद्री क्षेत्रको सीमा बढाएर १२-१२ समुद्री माइल (करिब २२-२२ किलोमिटर) पुर्याए ।
यो निर्णयपछि होर्मुज जलडमरूमध्यको सबैभन्दा साँघुरो भाग पूर्ण रूपमा इरान र ओमानको समुद्री क्षेत्रभित्र पर्न गयो । यद्यपि अन्तर्राष्ट्रिय समुद्री आवागमन सहज बनाउन दुवै तर्फबाट २-२ समुद्री माइल चौडा पारवहन मार्ग बनाइएको थियो ।
युद्ध सुरु भएपछि इरानले होर्मुज जलडमरूमध्य आफ्नो र ओमानको समुद्री क्षेत्रमा पर्ने भएकाले यहाँको सुरक्षा व्यवस्था र आवागमनसम्बन्धी निर्णय गर्ने अधिकार आफूमा रहेको दाबी गरेको छ ।
इरानले मे ४ मा होर्मुजको नयाँ नक्सा सार्वजनिक गर्दै जलडमरूमध्यको साँघुरो भागमा आफ्नो नियन्त्रण देखाएको थियो ।
तर अमेरिकाको भनाइ भने फरक छ । अमेरिकाले होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय समुद्री मार्ग भएको भन्दै कुनै पनि देशले यहाँबाट आवतजावत गर्ने व्यापारिक जहाज रोक्न नपाउने बताउँदै आएको छ । अमेरिकाले यस क्षेत्रमा आफ्ना लडाकु विमानसमेत तैनाथ गरेको छ ।
अहिले होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर इरान र अमेरिकाबीच फरक-फरक दाबी देखिएको छ । इरानले विदेशी सैन्य हस्तक्षेप स्वीकार नगर्ने बताएको छ भने अमेरिकाले जलडमरूमध्य विश्व व्यापारका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मार्ग भएकाले यसको सुरक्षा आफ्नो प्राथमिकता रहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।