जेनजी अभियन्ता माजिद अन्सारीको गृहमन्त्रीलाई प्रश्न- मलाई किन पक्राउ गरियो ?
२०८३ अषाढ़ २९ सोमवार
- हाल आफ्नो उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको उनले बताएका छन् ।
काठमाडौँ: जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट बिनाकारण र बिनापक्राउ पुर्जी पक्राउ गरिएको भन्दै गृहमन्त्री सुदन गुरुङसँग प्रश्न सोधेका छन् ।
अन्सारीले गत असार २७ गते शनिबार साँझ करिब ५ बजे १०-१२ जना प्रहरीले आफूलाई लछारपछार गर्दै कुटपिट गरेको र गम्भीर घाइते बनाएको दाबी गरेका छन् । हाल आफ्नो उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको उनले बताएका छन् ।
उनले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिइएको र पक्राउका क्रममा कुनै पुर्जीसमेत नदेखाइएको बताएका छन्। पक्राउको कानुनी आधारबारे समेत स्पष्ट जानकारी नदिइएको उनको भनाइ छ ।
उनले भनेका छन्- 'मेरो पक्राउको कानुनी हैसियतबारे कुनै स्पष्टता छैन। गृहमन्त्री वा प्रहरी प्रमुखले यी सबै गैरकानुनी कारबाहीहरू किन लक्षित रूपमा मविरुद्ध गरिए भन्ने स्पष्ट पार्न सक्नुहुन्छ ?
उनले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षाका लागि सम्बन्धित सरकारी निकाय, संघीय संसद्का सदस्यहरू, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय र मानव अधिकार रक्षकहरूलाई पहल गर्न आग्रह गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवा बाढी प्रभावितका लागि गोरखा ब्रुअरीले दियो १० करोड रुपैयाँ सहयोग
-
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
-
चीनको सीमामा पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा !
-
नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरेर काठमाडौँ फर्कियो प्रधानमन्त्रीसहितको टोली
-
भोटेकोशी बाढी: नेपालसहित ३३ देशका ६४४ पर्यटक अझै बेपत्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।